Thursday, January 15, 2009

हामी सँग


यो कथामा मोटरसाइकल र उत्तउले अपरिचित साथीहरु उस्ता उस्तै छन् । “हामी ” यसैमा जोडीएका पात्रहरु हौ । यो कथामा मोटरसाइकलको दुबै हावा खुस्कीएको छ । शहरभन्दा केही दुरी टाढा , कम बस्ती भएको ठाउँमा कथाको मुख्य रुपरेखा बानाइएको छ । बाटोमा धेरै घुम्ती मोडहरु थिए । उपयुक्त ठाउँको खोजिमा थियौ हामी ।बल्लतल्ल रोडको छेउमा एउटा डाँडाँ बसेको भेट्यौं । रोडको छेउमा दुईवटा साना घरहरु थिए। सात, आठ जनाको समुहमा केटाकेटी , युबा र बुढापाका बातचित गरिरहेक देखीन्थे । हामीलाई देखेर मुसुक्क हाँसो निकाले । शायद उनिहरु बिच केही कुराकानी भएको हुनुपर्छ । सवारी साधन राख्ने उपयुक्त ठौँउ खोज्यौं । तर घर पछाडिको घुम्ती बाहेक अन्य ठाउँमा मुस्किलले एउटा गाडीमात्र छिर्ने ठाउँ छ । त्यसैले त्यही ठाउँमा पार्क गर्यौ । काठमाडौं भन्दा १२ किलोमिटर जती यात्रामा पनि काठमाडौंमा जतीनै धुलो पाउँदा नरमाइलो लाग्यो। बिरुवाको पातहरु सुन्दरता हिन बनाएको महसुस हुन्थ्यो।


हामी अब डाँडातिर लाग्छौं जहाँबाट भिर , खेत , गाउँ, बेसी चारैतिर देख्न सकिन्छ। मनमा अनेकौं खुल्दुलीहरु आउन थालछन् । भुगोलको बारेमा, सामाजिक, अर्थिक अवस्था र बिकास प्रकृयामा ।


अनगिन्ती प्रश्नहरु हाम्रा अगाडी आउन थालछन् । प्रश्नको उत्तर पनि तर्कसँग पाउने उपयुक्त बाटोहरु खोज्न वाध्य हुन्छौं । यतीनै खेर मलाई चर्लोट्टे इ हार्डमनको याद आयो। उनले लोहोरुङ सम्बन्धित बिशेषतताहरुमा पि यच डी गरेका हुन "द अदर वल्ड' मैले पनि यो किताब पढ्ने मौका पएको थिए। म भित्र पनि जागर र उत्साह का मुना पलाएको महसुस गरेको थिए। उनी पश्चिम गोलार्धमा जन्मिएकी भएपनी उत्तर गोलार्धमा सानो भन्दा सानो लोहोरुङ परिवेस् मा आएर अनुसन्धान गर्नु हाम्रो लागी कम शाहसिक कम हैन उन्को यो अनुसन्धानले मानब सभ्यताको परीभषा मेरो दृष्‍टिकोनमा ३६० डीग्री परिवर्तन भएको छ। उनी मेरा लागी द मेन विथ ओदर वोर्ल्द हुन। मेरो साथी पनि यस्तै सोच्दो हो। उसले पनि यो किताब पढेको छ। हामीले यो किताबको बारेमा धेरै पटक कुरा पनि गरेका छौ। साथै हाम्रा सोचाइ बिच पनि धेरै समानता छन। हामी दुबै जना लोहोरुङ भएकोले पनि यस्तो हुन सक्छ। उसले पनि भबिस्यका लागि पि एच डि साचेर राखेको म महसुस गर्न सक्थे। उनको पि एच डि मेरा लागि अबश्य फलदयी हुनेछ।
चार जनाको समुह हाम्रो नजिक आएर बसेका छन। अचानक अकाग्रपन हराएर जान्छ। उनिहरु तास खेल्नलाई बसेका रहेछन। हल्ला कम हुने त कुरै भएन।
उनिहरु आफ्नै संसारमा ब्यस्त देखिन्थे। आज हामी दुईवटा बिशेष काम लिएर हिंडेका थियौ। बाँकी काम फत्ते गर्नलाई हामी त्यहा बाट निस्कन्छौ। त्यहा बसेका मान्छेहरुका अप्ठयरा बोलिहरु पचाउन पनि हामीलाई गाह्रो हुन्छ।
धुलोले धपक्क छोपिएको रहेछ घोडा, प्रस्थान गर्न के लागेका थियौ मोटरसाइकल गूड्न मानेन। हावा रहेनछ दबै चक्कामा। बडो उल्का भो! सोच्न थाले यो कसरी हुनसक्छ भनेर। ति अन्तरेहरुको हासो बिगुल त बल्लतल्ल मेरो आँखामा र कानमा एकै चोटि आयो। पर्‍यो अब हामीलाई फसाद! विश्वाश लागेन यस्तो खेर गएको काम होला भनेर। उमेरको हिसाबले पनि निक्कै पारीपक्क देखिन्थे। हेर्दा घरजम गरेर बसेका पाका थिए। अब के गर्ने त? न त सोध्न जाऔ न त लुरुलुरु मोटरसाइकल धकेलौ। बिकल्पमा ठेल्न उपयुक्त लाग्यो

बिकल्पमा ठेल्न उपयुक्त लाग्यो मोटरसाइकल को हावा खोल्ने हरुले हाम्रो श्वासनली खोल्न पनि के बेर! "हावा हाल्ने ठाउँ यहाँबाट कती टाढा छ दुबै हावा गएछ"गाडी ड्राइभरलाई सोधियो। हावा हाल्ने ठाउँ नजिकै होला केही छैन जस्तो लागेको थियो। "यहाँ बाट दस किलो मिटर छ"
मेरो मान्सपेसी गलेर आयो। उपायहरु पनि नसोच्को हैन। उपायहरु पनि सबै ठाउँ मा काम नलाग्ने रहेछ यस्तै भयो हाम्रो उपायहरु पनि अन्त्यमा ठेलेरै लाने अवस्था भयो । हामी बिचमा ठट्टा शुरुभयो " मोटरसाइकल ठेलेरै हिड्दा नै राम्रो देखियो" आदी आदी । उसले खै फोटो खिचिदिन्छु कती सुहाएको " एक छीन दुई घण्टा काटी सक्दा पनि हावा अपाउदा अनुहारमा पनि खिस्रिक्क भाईसकेको अनुभब हुन्थ्यो । उसको अनुहारपनी प्यास् ले सुकेको ओट बाट खिस्रिक्क फुस्रो हासो निस्किन्थ्यो

हाम्रो लागि यो यात्रा असन्दर्भ भित्र सन्दर्भ खोज्ने माध्यम बनेको छ। कतिपय सन्दर्भहरु असान्दर्भिक भएका छन भने कती असन्दर्भहरु आज सान्दर्भिक भएका छन ।हिजोका यथार्थ आजका बिसंगती आजका यथार्थ भोलिका बिसंगती , सदा संगत बिहिन हो संसार यो, चर्लोट्टे।े।हार्डमण ले बुझेको संसार लोहोरुङ्को लागि असान्दर्भिक होलन भने लोहोरुङ्क असन्दर्भहरु चर्लोट्टे ।इ हार्डमण का लागि सान्दर्भिक बनेक छन । ति अन्तरेहरु हाम्रा बुझाईमा गलत सन्दर्भहरु हुन भने उनिहरु आफ्नो लागि सान्दर्भिक लाग्नु स्वाभाबिक हो । हामी सन्दर्भ र असन्दर्भ छुटाउन नसकेका मानब हौ । सामाजिक , अर्थिक , सस्कृतिक बिकास को बाटो पहिल्याउन नसकेका असन्दर्भहरु हौ हामी ।

2 comments:

Anonymous said...

Supposed you going to mad man what nonsense topics published without any research..........

namsang said...

Thanks for comment.I couldn't understand what sorts of research r u looking for? Please clearify it.