Monday, February 9, 2009

पत्रकार प्रख्यात मनोवैज्ञानिक डाक्टर कहाँ जान हडबडाइरहेको थियो। प्रख्यात मनोवज्ञानिक हुनाले आफुले भन्न खोजेको कुराहरु अगाडिनै थाहा पाउन सक्छन होला भन्ने कुराले सतैरहेको थियो उन्को लेख पहिले पत्रीकामा प्रकासित भएको थियो। उन्को खुल्दुली मेट्न उ कहाँ पुग्न ठुलै पेरिश्रम गर्नुपरेको थियो उनको जीवनी सुन्न उतिनै देखी जागेको थियो। मनोविज्ञानसम्बन्धित आधारहरु पहिलो पटक प्रकाशित लेखले विश्वाभरी चर्चा पाएको थियो। सर्वजानिक माद्यमहरुमा उनको बिरलै उपस्थित हुने गर्थ्यो। नगन्य पत्रकार मात्र उनी कहाँ पुग्ने गर्दथे। सबैको प्रश्न एउटै थियो मनोबैज्ञानिक बिशेषता सम्बन्धी । तर पत्रकार महोदय उनका जिबनी जान्न थियो बुझ्नु थियो र पत्रीकामा प्रकासित गरेर सबैलाई बुझाउन थियो। दिउसो को तीन बजे मेरो घरमा आउनुभनिएको रहेछ। उनी तमतयार भएर मनमा खुल्दुली उत्साह डर बोकेर लाग्छन । घर रहेछ पुरानो शैलिको तर पक्रती सग नजिक जस्तो भानहुने । एउटा अधबैसे मनिसले लिएर जान्छन जहाँ एउटा कोठामा किताब पढिरहेका थिए। जब मनोवैज्ञानीक् लाई देख्छन पत्रकार छक्क पर्छन।
खेर डाक्टर साबले मुसुक्क हासो सगै पत्रकारको आसय बताउछन। पत्रकार पनि के कम उसले पनि धेरै पहिले उस्को लेख पढेको र त्यही जिबनी जान्ने इच्छा बताउछन डाक्टर साबलाई देखेर पत्रकारको धेरै सोचाइ आइसकेको थियो । सरल स्वभाबका मनोबैज्ञानिक पत्रकारका लागि कुनै कठिनाई थिएन। सानो बाकस बाट धमिराले छेउमा छेउमा खाइसकेको डायरी थमाउछन पत्रकारलाई। र भन्छन यो मेरो जिबनी हो । मैले कसैलाई दिएको छैन। यही हो मेरो जिबन गाथा।
पत्रकार कोठातिर लाग्छन। बाहिर चकमन्न थियो । बिजुलीबत्ती बलेको थिएन कोठा पुग्ने बित्तिकै हतारिदै मैन्बत्ती बालेर बिस्तारै खोल्छन । डायरीको हालत धराप थियो। पहिलो पानामा उनको नाम र मिती लेखिएको थियो। अर्को पाना पल्टाउछन। लेथिएको छ अध्यय२: उनको आमाले लेखेका दैनिकी थियो। छोरोको चिन्ता दिन् रात सास्ती लेखिएको थियो। अध्याय ३:एक्लो हुनुको उकुस्मुकुस, जिबन यापनको क्रममा ४:स्कुले जिबन लेखिएको थियो । छोराको पढाईप्रती अनिच्छा, अल्छि व्यबहार,र उनले पिरोलेका प्रत्यक पल ५:आमाका इच्छा बिगत बर्तमान र कलेज जिबन अन्तिम पानामा लेखिएको थियो आमाले राखेको पैसा चोर्न फुटाएको बाकस भित्र आमाले लेखेको डायरी बारेमा उल्लेख गरिएको थियो। त्यही डायरी ले नै उनको जिबन परिवर्तन गराएको साथै यौबनकाल्का अवस्था कसरी बिते भन्ने बारे थियो। त्यसको एक दिन पछी बिहानै जिबनी छपिएछ। एक स्कुले मास्टरले पढ्न भ्यएछ। उनलाई उक्त कथा बच्चाहरुको लागि उपयोगी होला भनेर दिउसो विद्यार्थीहरुलाई सुनाउने बिचार जागेछ र भनेछ पनि।
कथाको अन्त्यमा विद्यार्थीहरुले बुझेका छन् कि छैनन भनेर सोधेछन ल अब भन यो कथाको आदर्श पात्र को थियो? सबैले हात उठाएर भनेछन डाक्टरको आमा भनेर तर त्यती मध्ये एक जनाले चाँही उठाएनछ। मास्टरले तिमीले बुझेनौ भनी सोधेछन। उनले भनेछन यदी सबैजना आमा जस्तै हुनेहोभने डाक्टर को बन्ने त? म डाक्टर बन्न चाहुन्छु मेरो आदर्श आमाभन्दा डाक्टर हुन

No comments: