Monday, March 23, 2009

लोहोरुङ साम्माङ
लोहोरुङमा परिवारका कुनै पनि सदस्य बिरामी भएमा के काराणले बिरामी परेको हो थाहा पाउन र उपचार गर्न् बीरामीले लगाएको कपडा पुजारी अर्थत याटाङपा कहा बेलुकिपख पठाएको रातको बिहानीपख उज्यालो नहुदाई के लागेको हो पेअलाम् बिधिद्वारा यापेन् हेर्ने गरिन्छ !यापेन् हेर्दा के लागेको देखिन्छ सोही अनुसार् सामान्य झारफुक, पित्री पुकारा वा साम्माङ नै गर्नु पर्ने हो यटाङपाले नै नीर्धारण गर्दछन! तत्काल पुजा गर्न सम्भब नहुने स्थीतिमा याटाङपाद्वारा अक्षता सालको पातमा पोको पारी पछि पुजा गराउने बाचा बन्धनका साथ् बाधा उठाउने कार्य गरी सो बाधा बिरामीको घरको छानामा कसैले नभेटने गरी सीउरेर राखिनछ र पछि उपयुत्त समयमा साम्माङ गरी बाधा फुकाइन्छ ! यद्दपी साम्माङ गर्नको लागि विरामी नै भएको हुनुपर्छ भन्ने छैन, आफुले चिताएको कुनै कुरा पुराहोस् भनी वा सुख सम्रिधी होस् भनेर कामना गर्न वा बल् माग्न को लागी पनी साम्माङ ग‍र्ने गरीन्छ ! जुनसुकै साम्माङमा टुखखाको मुअई अनीवार्या राखिन्छ ! साम्माङमा पकाउने काम् पुरुषहरुले मात्र ग‍र्ने गर्दछन! रजस्वला भएका महीला समेत अलग्गै बसी साम्माङमा सहभागी हुन सक्छन् !नौरथा भित्र कुनै सम्माङ गरिन्दैन! चोखो साम्माङ उभौलीमा मात्र गरीन्छ रा अरु साम्माङ जुन्सुकै ‍ऋतुमा गर्न् सकिन्छ ! साम्माङ गर्दा आफन्ताहरुलाइ पनि उपस्थीतिको लागी निम्तो दिने गरीन्छ र निम्तो दिए पछि जुनसुकै साम्माङ होस् उपस्थीति हुन नभ्याउने भए स्पस्ट नभ्याउने जानकारी दिनु पर्छ नत्र निम्तो स्विकार गरे पछी अनिवार्या उपस्थीति भएकै हुनु पर्दछ ! जुनसुकै साम्माङ गरेको भोलीपल्ट साम्माङ लगाउने परिवारले काम् गर्न् नहुने मान्यता रही आएको छ जसलाई मायिक्मा बार्ने भन्ने गरिन्छ ! सामान्यतया लोहोरुङले ग्री ल्याएको वा पुजील्याएको साम्माङहरु निम्न अनुसार छन् !१) पाप्पा साम्माङ २) चक्ख साम्माङ ३) खिम्पिए साम्माङ ४)लाटाबा साम्माङ ५) देचापा साम्माङ ६) सुब्बा सुब्बेनी साम्माङ ७) इक्साम्माङ आदि हुन् !

1 comment:

Anonymous said...

It's a nice and very good composition about the Sammang(the ritual) in the Lohorung community. Moreover if you translate and keep the nepali or engllish meaning there could be better...

anish lamsong