Thursday, July 9, 2009

लोहोरुङ् मागी विवाह

तँ तिमी तपाँई हजूर- साना ठूला सबैलाई मौलिक मात्रृ भाषामा एक समान ूआनाू तथा छोरा होस या छोरी ूपासाू सम्बोधनले लोहोरुङ् किराँतहरुमा ब्याप्त भेदभाव रहित ब्यवहार समानताको झलक दिन्छ भने तुलनात्मक रुपमा नारी पुरुष समानता रहिआएको कारण आफ्नो छोरी चेली आजीवन अबिवाहित रहेर माइति मै जीवन किन नविताओस चित्त को साथसाथै रीत समेत बुझाउन सक्ने खालको सुयोग्य कुटुम्ब माग्न नआए सम्म वैवाहिक सिलसिला अगाडि बढाईंदैन विवाह नै भइसकेको हकमा समेत सम्पूर्ण १० रीत मध्ये प्राय भान्जा भान्जी हुर्किए पश्चात मात्र गरिने अन्तिम विदाई रीत - साङ्मा रीत नबुझाए वा नगरे सम्म छोरी चेलीला पूर्णरुपमा पराई चुलो कुलमा सुम्पेको ठहिरंदैन
सामान्यतया लोहोरुङ् किराँतका १० भाइ या उपथर भित्रकै भिन्न सामेक पाछा र चावा भएकाहरु बीचको कुटुम्बेरी र विहेवारी उत्तम मानिन्छ तापनि वर्तमानमा १० भन्दा अधिक उपथर अस्तित्वमा रहेको परिप्रेक्षमा समेत आफै भित्र कुटुम्बेरीको अभाव तथा ब्यापकीकरणले हुन सक्छ अन्य किराँतहरुसँग एउटै सामेक पाछा र चावा भएका भिन्न उपथर भित्र र हाँगा फाटेका एकै उपथर भित्र समेत विहेवारी चलेको पाइन्छ । यद्यपि हाँगा नफाटेको हाडमा जतिसुकै पुस्ता भए पनि र आमा पट्टि ३ पुस्ता सम्म र चेली माइतिका सन्तान बीचको कुटुम्बेरी वर्जित मानिन्छ । निम्न परम्परालाई निर्वाह गरी गरिएको विवाहलाई १० रीत पूर्ण गरिएको लोहोरुङ् किराँत मागी विवाह मान्न सकिन्छ ।

१ मगनी

उपयुक्त कुटुम्ब तथा असल कुल घरानाको सुयोग्य कन्याको चयन सेग्अ्मा पश्चात मगनीको औपचारिक कुरा चलाउन खानावा पुूमा कन्या तर्फकालाई गन्य मान्य लाग्ने जसको बचन सोझै हार्न या इन्कार गर्न नसक्ने खालको पाको ब्यक्तित्व पासिङ् अर्थात बुढापाकालाई केटा तर्फबाट प्रस्ताव स्वरुप छीअ्वा ठिम्मा -शीत टकटक्याउने २ बोतल रक्सी कोशेली सहित कन्याको काका वा बडाबाको घरमा कुरा लाउन पठाइन्छ । कन्याको विवाहको कुरा अघि बढाउने सकारात्मक मनशाय भएमा ग्रीन सिग्नल स्वरुप सो रक्सी बुझी लिई १ बोतल कन्याको घरमा लगेर फलाना ठाउँको फलानाको छोरा फलाना सामेकपाछा र चावका कुटुम्ब कन्यार्थ आएका छन भनी चूलो वा अगेनामा र माङ्सुकमा चढाई खाइन्छ र अर्को बोतल चाँही कुरा चलाउन गएको घर वा सम्भाव्य बाङ्गापा कलिया को घरमा दिइन्छ । कन्या दिने अनिच्छा वा नकारात्मक मनशाय भएमा उपरोक्त कोशेली विनम्रतापूर्वक अस्वीकार गरी रातो सिग्नल दिइन्छ । कन्यार्थ कुरा चलाँउदाको संबाद लक्षणा र ब्याजनाको अद्भुद कला र मिठासको संयोजनले भरिपूर्ण सरस तथा आलंकारिक हुने गर्दछ । जस्तो कि कन्या तर्फकाले के कति काम र कारणले पाल्नु भएको हो भनी सोधनी हुँदा कुरा चलाउन गएका वर पक्षकाले तपाईंहरुको बगैंचामा एक सुन्दर फूल फुलेको रहेछ फलाना ठाउँको फलाना सामेकपाछा र चावा भएको हाम्रो फलानाले घुम्दै डुल्दै जाँदा सो फूल देखेर मन पराएछ मोहित भएछ र त्यो फूल मागी देउ भनेको हुनाले आएको नसोधी टिपौं त चोरी बात लाग्ला भनी कन्यार्थ आएको जानकारी गराउँदै छीअ्वा ठिम्मा वापतको रक्सीको कोशेली अगाडि राख्दछन् । कन्या नदिने मनशाय भए समुचित इन्कारी गरी कुरा नलम्ब्याउन नै बुद्धिमानी ठहर्दछ । कुरा अगाडि बढाउने मनशाय भएमा ख्याल ठट्टा गर्दै हाम्रोमा फूलको बगैंचा नै छैन त त्यस्तो फूल कहाँबाट हुनु छैन भनी पन्छिने स्वाङ् रचिन्छ । प्रत्युत्तरमा वर पक्षकाले अझ दबावमूलक ढंगले तपाईंहरुले नढाँट्नुहोस हामीले अघि नै देखी सकेका छौं आँखा गाडी सकेका छौं खाङ्अ्ठ्याङ्ङ् ङोक्अ्ठ्याङ्अ्डुङ् नदिने भए बरु सिधै दिन्न भन्नुहोस अन्यथा हामीले १,२,३ आँखा गाड्यौं गाड्यौं सेतो हड्डीमा कालो मोसो दलिदिनु फेङ्टीअ्मे कुकुरले हड्डी छाड्ला हामी छाड्दैनौं भन्दा समेत टार्दै लाँदा वर तर्फबाट फल छानिन बोट छानें उम्चा मेन्सेगअ्ङ्ा टाङ्डाक्अ् सेगुङ् त्यसैले नदिइकन धरै पाउनु हुन्न नत्र हामी चोरी लान्छौं नचोरी छाड्दैनौं पछि केही भन्न पउनु हुन्न भनेर अड्डी लिइन्छ । अन्तमा कन्या तर्फबाट कुटुम्बहरुले धेरै नै कर गरे कतै कोही लिखी जुम्री लाटी गोज्याङ्ग्री छन कि लौ त हेरी हेर छन भने दिई हालुँ भनी स्वीकृति दिनुका साथै गाउँका गन्य मान्य बुढापाकाहरुले साइनो पर्ने नपर्ने बिचार गरी मिलेको खण्डमा सहमति दिन्छन । हिन्दूहरुको ज्योतिष विधिमा विश्वास गर्नेहरुले चिना टिपन साअ्मारा ल्याउनुहोस भिडाउँ मिलेछ भने जस्तो छ त्यस्तै लानुहोस नमिले सन्तोष गर्नुहोस भनेर सम्भव भए सोही दिन नभए दुवै तर्फकालाई उपयुक्त हुने गरी सहमतिमा तोकिएको दिन ज्योतिष कहाँ हेराउन लगिन्छ ।
२ कोशेली लाउने हुक्अ्सग्अ् टीमा वा बाङ्गापा टीमा

वर कन्याको चीना टिपन मिलेमा वर पक्षकाले माइतिलाई बुझाउनु पर्ने कोशेली थान संख्या दिन बार या मिति र बिसाउने चैतारा अर्थात कोशेली बुझाउनु पर्ने कन्या तर्फको कलिया घर कन्या तर्फबाट तोकिदिइन्छ । कोशेली लाउँदा कन्याको माइति घर गाजी खिमलाई सुँगुरका दाहिने फिला चुप्थिङ साराक्अ् र कलिया बाङ्गापा घरलाई देब्रे फिला बेङ्सीङ् साराक्अ ठाडो चिरा चिरा पारी काटेर अमिलो र बेसार हाली बफ्याइएको १÷१ थान का साथ १÷१ सेर रक्सी दाजु भाइ मामली फुपू जेठी सासू तथा जिम्मावाल राई हाङ् लाब्अ्मा राजा समाउने प्रत्येक घरका लागि १÷१ माना रक्सीका साथ १÷१ पेरुङ्गो सुँगुरको अमिलो र बेसार हाली बफ्याएको मासु का अतिरिक्त गाउँले दाजुभाइ पोरोम्मा वा पोरोम सोरोम का लागि २ पेरुङ्गो मासु या माछाका साथ १ सेर रक्सी का दरले भरियालाई बोकाएर छुट्टिएको दाजुभाइ नभए भाइ वा भतिजा साथमा लिई वर पक्षको कलिया मार्फत कन्यातर्फको कलिया र पासिङ् घरमा तोकिएको मितिमा बुझाउन लगिन्छ र के ग आपेचो आमेचो आसेन लाब्सीङ् लाब्अ्डाइङ् पेग्सीङ् पेग्डाइङ् हुब्सीङ् हुब्अ्डाइङ् वाबुङ् ए ऊप्खेटुएर सिबुअ्मे लाफेटुएर हे पित हे माता मैले हिजो हाँगा समाती राखेको थिएँ बाटो फाँडी राखेको थिएँ झाडीले छोप्यो कि पहिरोले लग्यो कि भनिन्छ ।

३ होम्बाग्अ्सोम्बाग्अ् बुझाउने

कोशेली लगाए पछिको अर्को चरणमा वर पक्षबाट माइति पक्षलाई एक वटा जिउँदै सुँगुर होम्बाग्अ् १ पाथी चामल १ माना दाल १ माना नून १ माना खुसा्रनी १ माना बेसार १ मुठा सालको पात १ मुठा बाँसको सिन्का र २ सेर रक्सी कलिया मार्फत कन्या तर्फको कलिया कहाँ बुझाउँदै लावा लास्कारानुङ् बाजानुङ् गाजानुङ् सिगीनुङ् टागानुङ् ग दिनाबी टाअ्ङा मरअ्ल आपे आमे टाब्अ्लक्अ्ङाने ह्वाइरुङ् लाङ्पी एक्क बीक्अ्सा हीग्अ्पीअ्ङाने लाङ् हुक्अ् हिप्पीअ्ङाने तास कुचिन डीङ्पीअ्ङाने अर्थात लावा लस्कर लिएर बाजा गाजाका साथ धनु काँण बोकी फलाना दिन आउँछु त्यस बखत पिता माताले हात थमी दिनुहोस लिङ्गोको फेदमा एउटा मृग बाँधिराखिदिनुहोस खुट्टा हात पोलिराखिदिनुहोस खाना पकाइदिइराख्नुहोस तास चुचिन बिच्छ्याइराखिदिनुहोस भनी वर पक्षबाट जन्ती आउने दिन तोकी होम्बाग्अ् बुझाइन्छ । कति जन्ती ल्याउने भनी वर पक्षबाट सोधनी हुँदा यति जना सम्म आउनुहोस भनी कन्या पक्षबाट जन्ती संख्या तोकिन्छ ।

जन्ती जाने तथा टाब्अ्लक्अ्मा गर्ने

जन्त जाने दिन बिहानै केटाको घरमा लिङ्गोमा सोम्बागअ् बाँधेर धनुकाँणले हानी चाव बुझाइन्छ जसलाई माङ्परा टेम्मा भनिन्छ । फलाना चावाको केटा फलाना चावाको घरमा जाँदैछौं जोरीपारीलाई काँणले हटाउँदै लगोस जोरीकाम पारीकाम टेङ्खेअ्मा भनी याटाङ्पाद्वारा पित्र पुकारा गरी बल माग्दै विवाह यात्रा सफलताको लागि प्रार्थाना गरिन्छ । बेहुला िसंगारेर आमाद्वारा दहीको सगुन खुवाई आफ्नो काखबाट मुक्त गरी अरुलाई सुम्पन लागेको अर्थमा याटाङ्पा बाङ्गापा हाङ्लिसा डाङ्कुटिङ्पा जन्ति बाजागाजा धनुबाँण सिगी टागा वा ठुग्अ्लाङ् बिच्छी अघि पछि लाएर कन्या घर तर्फ प्रस्थान गरिन्छ । कन्याको घर पुग्नु अगावै बाटोमा पर्ने कुनै चौतारा वा स्थानमा केटी तर्फको बाङ्गापा १ लिङ्मा रक्सी एक दुना मासुको परिकार सहित गएर केटा तर्फको बाङ्गापालाई बुझाई औपचारिकरुपमा हात थाम्ने टाप्लक्मा अर्थात स्वागत गरी यता पाल्नुहोस र यता राज होस भनी निर्धारित स्थानमा लगिन्छ र कन्या तर्फका सबैले रातो अक्षताले हानी जन्ति पस्रने गरिन्छ ।



6 comments:

deepak said...

hi gajendra g thanks for urs blog bout lohorung wedding culture.
supereb good best of luck

Gajendra Lohorung said...

Thanks for compliment Deepk ji.

Arati Lohorung said...

gajendra dai nice one.
keep on posting

santosh lohorung said...

oh umbo maje khanawa tisune raichha lemaleyo lemale khememaho umbo kana blogbi article samana mata hampe optionba khemaleya

sajan said...

इगो बु कनिम यख्खावामी रीत तबङ कोअला धारी तेअनो हेअने चोअने सबे अको बग्दाताबी पेम्मिमा सुङ सबे अनी आना चाहि हबिए हो त फोटो खङमा रो गो पाङमाली चि नो होला.any way i go to google then search about lohorung.i have found your lekh.r u really good gays i recpect your pro....

thanks

reagerds
sajanrai@yahoo.com
now Dubai

Anonymous said...

Really a great job Gajendra sir. It will be nice and better telling everything about lohrung rai and its sub division. well hami kati lohrung ko prakar chhaw ani chula puja kasari gane barem jankari huna pae i will be thankfull and everyone.